काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसको सहयोगी बनेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने ग्य्राण्डडिजाइनकै आधारमा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) बिभाजन गरिएको तथ्य घटनाक्रमले पुष्टि भएको छ ।
तात्कालिन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले बिदेसीको गोटी बनेर नेकपा बिभाजन गरी कांग्रेसको सहयोगी दल बन्न भूमिका खेलेको पछिल्लो घटनाक्रमले उजागर गरेको हो । तात्कालिन नेकपाका ९ सदस्यीय सचिवालय सदस्यमध्ये प्रचण्ड र माधवसहित ५ जनाले पार्टी बिभाजनको निर्णय लिनुभएको थियो ।
आफ्नै पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध कांग्रेससँग मिलेर संसदमा अबिश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयकै कारण २०७७ पुस ५ गते प्रतिनिधिसभा बिघटन गरी चुनावको मिति घोषणा भएको थियो । आफ्नै सरकारबिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउने कामको नेतृत्व प्रचण्ड र माधवसहित झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले गर्नुभएको थियो । नेकपाका सचिवालयमा रहनुभएका नेतामध्ये इश्वर पोखरेल, बिष्णु पौडेल र रामबहादुर थापा अध्यक्ष ओलीको पक्षमा उभिनुभएको थियो ।
पछिल्लो समय पाँचै जना बिभाजनकारी नेताहरु एक भएर जाने तथा बामदेव गौतम माओवादी केन्द्रकै चिन्हमा चुनाव लडने र उहाँको ब्यवस्थापन प्रचण्डले गर्ने सार्वजनिक घोषणा भएसँगै कांग्रेसको सेवा गर्न कम्युनिष्ट पार्टी फुटाइएको तथ्य उजागर भएको हो । आज मात्रै गौतमले प्रचण्डलाई दोस्तीको उपकार मागेको तथा प्रचण्डले नै आफ्नो उद्धार गर्ने बताएपछि यो तथ्य उजागर भएको छ ।
यस्तै प्रचण्डले पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको एकता संयोजन समिति बनाउने घोषणाले बिगतमा रचिएको ग्य्राण्डडिजाइनलाई थप उजागर गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज मात्रै चुनावअघि नै पार्टी एकता संयोजन समिति गठन हुन लागेको भन्दै त्यसमा माधव नेपालसमेत सहभागी हुने जानकारी दिनुभएको छ ।
डा. बाबुराम भट्टराईसँग छलफलपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एसलगायत शक्तिहरुसमेत मिलाएर नेकपा समाजवादी वा त्यस्तै कुनै नामको पार्टी एकता बनाउने जनाउनु भएको हो ।

‘बाबुराम र प्रचड सँगै उभिने कुराको ठूलो अर्थ छ, अब हामी सँगै उभियौं । कसैले रोकेर रोकिन्न । आजै पार्टी एकता भएको होइन । तर, चुनावपछि हुन्छ । हामी माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । पार्टी एकता चुनावपछि हुन्छ । नाम परिर्वन भएर नेकपा समाजवादी वा त्यस्तै केही रहन्छ,’ प्रचण्डले भन्नुभएको छ ।
प्रचण्ड–माधवले नेतृत्व गरेको दल अहिले कांग्रेस नेतृत्वको मोर्चामा सहयोगी भूमिकामा रहेको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसकै नीति र नेतृत्व मानेर चुनावी गठबन्धनमा जान दुवै दल सहमत भइसकेको छ । यता आज मात्रै बामदेव पनि सो मोर्चामा सहभागी हुनुभएको छ । चुनावमा प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले सय सिट र अन्य दलले ६५ सिट पाउने अवस्था रहेको छ ।













प्रतिक्रिया दिनुहोस्