काठमाडौं, भदौ १ । चुनावको मिति घोषण गरेसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । मंसिर ४ गतेको लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै विभिन्न दलहरु चुनाव केन्द्रीत रहेर गृहकार्यमा जुटेका छन ।
सत्ता गठबन्धन दलमा रहेका काङ्ग्रेस , माओवादी , जसपा, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । सिट भागबन्डा मिलाउन कार्यदल समेत गठन गरेर गृहकार्य गरीरहेका छन ।
सबैभन्दा जटिल प्रतिनिधि सभा तर्फको प्रत्यक्ष सिट भागबन्डा मिलाउन पर्ने देखिन्छ । पत्यक्ष तर्फको कुल १६५ सिट छ । तर गठबन्धन दलहरुले गरेको दाबीको कुल संख्या जोडने हो भने २२० सिट आबस्यक देखिएको हो ।
नेपाली काङ्ग्रेसले कम्तीमा १०० सिटको माग गरेको छ भने, नेकपा माओवादी केन्द्रले ५५ सिट माग गरेका छन् । त्यस्तै माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी र उपेन्द्र यादब नेतृत्वको जनता समाजबादी पार्टीले ३०, ३० सिट दाबी गरेका छन ।
र राष्ट्रिय जनमोर्चाले पनि ५ सिट दाबी गरेको छ । गठबन्धनमा रहेका यी दलहरु सबैको दाबी जोडने हो भने २१५ पुग्छ । जसका कारण पनि गठबन्धनमा सिट मिलाउन सकस रहेको बुझिन्छ । अझ मधेस प्रदेश भित्र रहेको ३२ सिट भागबन्डा मिलाउन झन गठबन्धन दललाई महाभारत नै पर्ने देखिन्छ ।
आजै सिट बाँडफाँड गर्न बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्न लाग्नुभएको छ।कार्यदलका एकजना सदस्य भन्नुभयो, ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनु भएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल हुन्छ ।’
गत २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो ।













प्रतिक्रिया दिनुहोस्