काठमाडौं, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्तारूढ गठबन्धनलाई देशद्रोही गठबन्धनको संज्ञा दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताउनु भएको हो ।
‘यो देशद्रोही गठबन्धन हो । यल्ले नेपाली जनतालाई ढाँट्छ,’ उहाँले भन्नुभयो, ‘एमसिसीलाई पत्र लेख्छ, लेखेको छैन भन्छ । लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ । त्यस्तो होइन भने त्यस्तै चाहीँ होइन लेख्न चाहीँ लेखेकै हो भन्छ ।’
गठबन्धनका नेताहरूलाई लाजसरम नभएको उहाँले बताउनु भयो । ‘फलानासँग तीनचार पल्ट भेटेँ भन्छ । पछि सपनामा भेटेँ भन्छ । सपनामा केके हुन्छ हुन्छ ? ,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्