जनता टाइम्स

४ भाद्र २०७९, शनिबार १६:३९

युवालाई झूठ सिकाउदैं माधव नेपाल !


काठमाडौ, ४ भदौ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षणका नाममा झूठ कुरा बोल्नु भएको खुलासा भएको छ । शनिबार सो पार्टी निकट युवा विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले झूठ बालेको खुलासा भएको हो ।

कार्यक्रममा उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको संविधान कुल्चिएकाले सहेर बस्न नसकेर विद्रोह गरेर नयाँ पार्टी खोलेको बताउनु भएको छ । तर, आफूहरूकै कारण केपी ओली त्यो अवस्थामा पुग्नुभएकोे कुरा बताउन डराउनु भएको बताइएको छ । कार्यक्रममा उहाँले एमालेमै बसेको भए ‘हरिविजोग भोग्नु पर्ने’ अवस्था आएकाले विद्रोह गरेको बताउनु भएछ, तर, सोही कार्यक्रममा व्यक्तिगत स्वार्थभन्दा पार्टी र देश ठूलो हुने कुरा बताउनु भएछ । अनि पार्टी र देशका लागि व्यक्तिगत स्वार्थ त्यागेर हरिविजोग खप्न आफू चाँही किन तयार नभएर पार्टी फुटाएको त ? भन्ने जवाफ भने दिनुभएन ।

सोही कार्यक्रममा उहाँले हिजोआज ‘म’ वाद हावी भएको ‘हामी’ हराएको भन्नु भएको छि । कार्यकर्तालाई ‘म’ भन्ने भावना त्यागी ‘हामी’ भन्न निर्देशन दिनु भएको छ । तर, उहाँले आफैले केही समय अघि ‘म नेता हो नेता’ भन्नु भएको ‘म’ वाद हो की हामी ? भन्ने खुलाउनु भएनछ । उहाँले भन्ने गर्नुभएको ‘म नेता हो नेता’ ‘मैले बनाएको पार्टी’ ‘मेरो अपमान भयो’ ‘मैले दिएको सदस्यता’ भन्नु ‘म’ सँस्कृति हो कि ‘हामी’ ? खुलाउन कार्यकर्ताले आग्रह गरेका छन् ।