जनता टाइम्स

८ भाद्र २०७९, बुधबार १०:४५

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता सम्पन्न


काठमाडौं, ८ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीवीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटे गर्नुभएको।

भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको स्रोतले जनायो ।