जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार २१:५१

कांग्रेसले सुनायो १६५ मध्ये १०० सिट आफै राख्ने बटमलाइन, तनावमा प्रचण्ड-माधव र उपेन्द्र


काठमाडौं, भदौ ९ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा नेपाली कांग्रेसले आगामी निर्वाचनमा संघमा प्रत्यक्षतर्फ एक सय सिट दाबी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरेको हो । बैठकमा सहभागी राष्‍ट्रिय जनमोर्चाका नेता हिमाल पुरीका अनुसार कांग्रेसले सय सिटलाई बटमलाइन बनाएर बैठकमा दावा पेश गरेको छ ।

पुरीका अनुसार नेकपा माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ। यस्तै नेकपा एकीकृत समाजवादीले ४० सिट, जनता समाजवादी पार्टी (जसपा) ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको छ।