काठमाडौं, १० भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताउनुभएको हो ।
यसका लागि सक्रिय रुपमा एमाले सरकारले गरेका कामको प्रचारप्रसार गर्न उहाँले आग्रह गर्नुभयो । गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उहाँले मनोवैज्ञानिक भयबाट मुक्त भएर मतवृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताउनुभयो ।
स्थानीय तहको नतिजालाई आधारमा मानेर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रणनीति बनाउनुपर्ने बताउनुभएको उहाँले एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद्य रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्