एजेन्सी, १० भदौ । बाढीले पाकिस्तानमा ठूलो क्षति पु¥याएको छ । खैबर पख्तुनख्वा प्रान्तमा पनि वर्षाले सबै रेकर्ड र तथ्याङ्कहरू बगाएको छ। स्वात, दिर र चित्रालबाट विनाशका यस्ता भिडियोहरु बाहिर आइरहेका छन्, जसले जोकोहीको मन हल्लाउनेछ ।
पाकिस्तान सरकारले जारी गरेको तथ्याङ्क अनुसार अहिलेसम्म ३४३ बालबालिकासहित ९३७ जनाको मृत्यु भएको छ । देशभर तीन करोड मानिस घरबार बिहीन भएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । सिन्ध प्रान्तमा जुन १४ देखि बिहीबारसम्म वर्षा र बाढीका कारण ३०६ जनाको ज्यान गएको छ ।
बलुचिस्तानमा २३४, खैबर पख्तुनख्वामा १८५ र पञ्जाबमा १६४ जनाको मृत्यु भएको छ। सामाजिक सञ्जालमा बाढीको विनाशका भिडियो र तस्विर भाइरल भइरहेका छन् । स्वात जिल्लाको भनिएको एक भिडियोमा सलाईको बाकस जस्तो पानीको तीव्र धारमा एक घर पुरै डुबेको छ । क्षणभरमै पानीले पुरै घर बगाइदियो ।
یا اللہ رحم
#Swat pic.twitter.com/s6RPtOwuJQ— Asif Shahzad (@spinbaaz) August 26, 2022
पाकिस्तानी सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा सडक र आवासीय क्षेत्रमा पानीको तिब्र बहाव प्रवेश गरेको देख्न सकिन्छ । भिडियोमा केही घरहरू पानीको तीव्र बहावको बीचमा देखिन्छन्। यो देख्दा यो कुनै खोलाको दृश्य नभई आवासीय क्षेत्रमा पानी खतरनाक तहमा पुगेको थाहा हुन्छ ।
तिब्र बहाव केही सेकेन्डमा ताशको घरजस्तै दुईदेखि तीन तला अग्लो घरहरू बग्दै गरेको देख्न सकिन्छ। अविरल मुसलधारे वर्षाले पाकिस्तानको दक्षिणी भागमा अचानक बाढी निम्त्यायो, जसका कारण सिन्धका २३ जिल्लालाई ‘प्रकोप प्रभावित’ घोषणा गरिएको छ।
⚠️ Floods #Swat #Malakand Division pic.twitter.com/8ArTswVmRI
— Asif Ullah Khan (@asifullahk) August 26, 2022
७८४ प्रतिशत बढी वर्षा भएको छ
पाकिस्तानी अखबार ‘डन’ को समाचार अनुसार एनडीएमए (राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण) को तथ्यांक अनुसार पाकिस्तानमा अगस्ट महिनामा १६६.८ मिलिमिटर वर्षा भएको छ, जुन यस अवधिमा भएको औसत ४८ मिलिमिटर भन्दा २४१ प्रतिशत बढी हो ।
यस मनसुनमा सबैभन्दा प्रभावित क्षेत्र सिन्ध र बलुचिस्तानमा क्रमशः ७८४ प्रतिशत र ४९६ प्रतिशत बढी वर्षा भएको छ ।













प्रतिक्रिया दिनुहोस्