महोत्तरी, ११ भदौ । औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्यणरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा–६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
कक्षा–६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाती निर्घात कुटेको गरेको परिवारको आरोप छ । बलिकाको शरीरभरी लठ्ठीको सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिनुभयो । विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेको छ ।
कुटाईपछि हो (हल्ला भएपछि) अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । ‘विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ।’ बलिकाका बुबा साजेन्द्र महराले भन्नुभयो,‘हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहान्छौँ ।’
‘शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन ।’ आमा सुन्दरकलाले भन्नुभयो । प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिनुभएको छ ।















प्रतिक्रिया दिनुहोस्