जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार १८:२५

आफ्नै छात्रा बलात्कार गर्ने शिक्षकलाई १० वर्ष कैद


एजेन्सी, १२ भदौ । जिन्दको सदर थाना क्षेत्र अन्तर्गतको एक गाउँमा छात्रालाई बलात्कार गरेको आरोपमा अदालतले एक शिक्षकलाई १० वर्षको जेल सजाय र ४० हजार ५०० रुपैयाँ जरिवाना तोकेको छ । जरिवाना नतिरेमा दोषीलाई एक वर्ष थप कैद सजाय हुनेछ । पीडितलाई जिल्ला कानूनी सेवा प्राधिकरणले चार लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

अदालतमा परेको अभियोग अनुसार २०२० जनवरी २९ मा सदर प्रहरी चौकी इलाकाको एक सरकारी विद्यालयकी छात्राले २०१७ मा आफु कक्षा ८ मा पढ्दै आएकी थिइन् । शर्मा नगर जिन्द निवासी सुरेन्द्र सिंह सो विद्यालयमा शिक्षकको रुपमा कार्यरत थिए । मार्च २०१७ मा बिदापछि शिक्षक सुरेन्द्रले उनलाई विद्यालयमै रोकेर बलात्कार गरेका थिए ।

फेल गराउने धम्की
घटनाबारे कसैलाई बताएमा ज्यान मार्ने धम्की दिइयो । उनले ती छात्रालाई फेल गराउने धम्की दिदै बलात्कार गरि रहे । जुन २०१७ मा शिक्षक सुरेन्द्रले उनलाई गाउँ नजिकैको कोठामा लगेर बलात्कार गरेका थिए । यसैबीच शिक्षक सुरेन्द्रको सरुवा भयो । यसका बाबजुद पनि शिक्षक सुरेन्द्र उनीबाट टाढिएनन् ।

अपहरण गरियो
१० जनवरी २०२० मा शिक्षक सुरेन्द्रले उनलाई अपहरण गरी सुनसान ठाउँमा लगेर बलात्कार गरेका थिए । घटनाको बारेमा कसैलाई बताए ज्यान मार्ने धम्की दिएका थिए । शिक्षक सुरेन्द्रको हर्कतबाट आजित भएपछि उनले घटनाबारे आफन्तलाई बताएकी हुन् ।

पीडित बालिकाको उजुरीका आधारमा महिला थाना प्रहरीले शिक्षक सुरेन्द्रविरुद्ध जबरजस्ती करणी, अपहरण, धम्की र पक्राउ गरी विभिन्न धारामा मुद्दा दर्ता गरेको थियो । त्यसयता यो मुद्दा अदालतमा विचाराधीन थियो । बिहीबार अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश डा चन्द्रहासको अदालतले सुरेन्द्रलाई १० वर्ष कैद र ४० हजार ५०० रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।