जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार १९:१५

चोलेन्द्रमाथिका आरोपबारे नेपाल बारले महाअभियोग समितिमा पठायो ३५ बुँदे प्रमाण (पूर्णपाठ)


काठमाडौं, भदौ १२ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ ।

जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरु उपलब्ध गराएको हो ।

महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न २४ वटा बुँदा समेटिएको छ । नेपाल बार एसोसिएसनले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो भने महाभियोग लगाइएको विरोधमा स्वागत गरेको थियो ।