जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १३:५२

तुलसीपुर– सल्यान सडक अवरुद्ध


दाङ, १३ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ सात तलेमा गएराती खसेको पहिरोका कारण आवागमन अवरुद्ध भएको छ ।

गएराती सवा ११ बजे पहिरो खस्दा तुलसीपुरबाट सल्यानतर्फ जाने र आउने सवारी साधनको आवागमन रोकिएको हो ।

अहिले दुई ओटा जेसिबीले पहिरो हटाउने कार्य भइरहेको दाङ प्रहरीले जनाएको छ ।