जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १७:३५

माओवादीको अवस्थाबारे प्रचण्डको ब्रिफिङ – काठमाडौं उपत्यकामा नाजुक, अन्यत्र ठिकै


काठमाडौं, १३ भदौ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताउनुभएको छ ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र ठिकै रहेको दाबी गर्नुभएको हो ।

तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गर्नुभएका प्रचण्डले पहाडमा निकै राम्रो रहेको बताउनुभयो ।

बागमती प्रदेशमा पनि राम्रो रहे पनि काठमाडौं उपत्यकामा भने निकै नाजुक रहेको प्रचण्डले बताउनुभयो । बागमतीमा कम्युनिष्ट आन्दोलनमा माओवादी पहिलो नम्बर र एमाले तेस्रो नम्बरमा रहेको बताउँदै प्रचण्डले माओवादीभन्दा अलि कति बढी बागमतीमा कांग्रेसको राम्रो रहेको बताए ।