जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार १८:१५

माधव नेपालप्रति आक्रोश पोख्दै शाहीले भने – पार्टीलाई भिख माग्ने भाँडो बनाएकाले एमालेमा फर्कियौं, कुनै कमिटीमा बस्दिन


धनगढी, १५ भदौ । एमाले कञ्चनपुरले बुधबार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै शाहीले एमालेको कुनै कमिटीमा नबस्ने घोषणा पनि गरेका छन्।

‘म पार्टीको सदस्य समेत बस्दिनँ, बाहिरै बसेर सहयोग गर्न तयार छु, कुनै पनि कमिटीमा बस्दिनँ,’ उनले भने, ‘साथीहरुलाई एमाले फर्काउने अभियानमा लाग्नेछु। कांग्रेस र माओवादी हराउने अभियानमा सक्रिय हुनेछु।’ एकीकृत समाजवादी माग्ने भाडो भएको उनले बताए।

‘माधव नेपालजीले पार्टीलाई माग्ने भाडो बनाउनुभयो, उहाँले शेरबहादुर देउवासँग माग्ने भाडो बनाए,’ उनले भने, ‘जुन उद्देश्यकासाथ पार्टी बन्यो, त्यो गर्न सकेन, पार्टी बनाउनु भन्ने नेताहरुका लागि त्यहाँ ठाउँ रहेनछ।’

अवसरका लागि एमालेमा नफर्किएको उनले बताए।

‘१४ वर्षको उमेरदेखि राजनीतिमा लागेँ, ३४ वर्ष भयो, अहिलेसम्म वडा अध्यक्षसमेत भएको छैन,’ उनले भने, ‘एमालेमा फर्किनुस् भन्दा अवसरका लागि भनियो। हामी अवसरका लागि एमालेमा फर्किएका होइनौँ।’