जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार १८:५७

यी हुन काठमाडौंका दशवटा निर्वाचन क्षेत्रबाट सिफारिशमा परेका एमाले उम्मेदवार (सूचीसहित)


काठमाडौं, भदौ १५ । नेकपा एमालेका काठमाडौंका १० वटै निर्वाचन क्षेत्रीय कमिटीले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । एमाले काठमाडौं जिल्लाको निर्देशनअनुसार १० वटै क्षेत्रीय कमिटीहरुले आज नाम सिफारिस गरेका हुन ।

एमालेको निर्वाचन क्षेत्र स्तरीय समितिले आ–आफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जसअनुसार काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराईको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल र ३ मा कृष्ण राईको नाम सिफारिस भएको छ ।

यस्तै काठमाडौं ४ मा डा. राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

यस्तै काठमाडौं–७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस भएको छ । काठमाडौं ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।

यस्तै एमालेले काठमाडौं १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस भएको छ ।