जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार १९:५२

बुटवलमा मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु


बुटवल, १५ भदौ । बुटवलमा मोटरसाइकल दुर्घटनामा परी बाबु–छोराको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन् ।

रुपन्देही प्रहरीका अनुसार आज दिउँसो बुटवल १३ बेलवासस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी परेको थियो ।

उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो । दुर्घटनामा बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पाको रामपुर नगरपालिका–२ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।