जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १६:३०

रित्तिदै नेकपा एस : कर्णालीका शाही पनि एमालेमै फर्किए


काठमाडौं, १६ भदौ । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई आज खादा लगाई पार्टी प्रवेश गराउनुभयो ।

शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट जानुभएको थियो ।

उहाँसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गर्नुभएको छ । बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी, तारा लामालगायतलाई एमाले प्रवेश गराउनुभएको थियो ।