सर्लाही, भदौ १७ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीमा रित्तिएको छ । माधवले पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा नेकपा माओवादी केन्द्रमा विलय गर्ने योजना बनाएको तथ्य खुलेपछि सर्लाहीका नेताहरु सो पार्टी त्यागेर मुलघरमै फर्किएका हुन ।
माधवले नेपाली कम्युनिष्ट आन्दोलन सकाउन बिदेसीको योजनामा पार्टी फुटाएको र अव माओवादीमा बिलय गराउने योजना खुलेपछि नेकपा एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका हुन । नेकपा एसका जिल्ला उपाध्यक्षसहितका पदाधिकारी आज नेकपा एमालेमै फर्किनु भएको छ ।
यसरी एमालेमै फर्कनेमा जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला हुनुहुन्छ । यसैगरी केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेनकुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरु हुनुहुन्छ ।
मलगंवास्थित एमालेको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महतो, सह–ईन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साहसहितकाले उहाँहरुलाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।
कार्यक्रममा उपाध्यक्ष राय र सचिव अधिकारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफूहरु एमालेमै फर्किएको बताउनु भयो । विभिन्न घट्नाक्रमले आगामी संसदीय निर्वाचनपछि यो पार्टी नै नरहने देखिएकाले अब पनि यो पार्टीमा रहिरहनुको औचित्य नदेखिएको उहाँहरुको भनाइ छ । विज्ञप्तिमा पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको पनि उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्