जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार १७:४६

आफै नांगिने हर्क साङपाङको त्यो काम


उनी अहिले काठमाडौँ महानगर पालिकाका प्रमुख बालेनसित नचाहिादो टक्कर लिन खोजे जस्तो देखिन्छ । हुँदाहुँदा हर्कले आफू भन्दा भिजिनरी मान्छे कोही नै छैन पो भन्न थालेछन । यस्ता कुरालाई आफैं मपाईंत्व र घमण्डी स्वभाव भन्छन । अरुले राम्रो असल भनेको पो राम्रो त । आफैँले आफूलाई अस्सल त सबैले भन्छन् । कागले पनि आफू नराम्रो छु भन्ला र ?

इ.प्रशान्त पोखरेल

धरानउपमहानगर पालिकाका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङ अहिले इन्जिनियरलाई समेत तथानाम भनेर आफैँ विवादको घेरामा परेका छन् । इन्जिनियर भनेको घर बनाउने र भत्काउने मात्र काम गर्ने मान्छे हुन भनेर खसालेर बोले । यसको विरोध धरानका युवा इन्जिनियरले नै गरे । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस विद्यार्थी संगठन धरानले विज्ञप्ति जारी गर्दै हर्कको राजीनामा माग गरेका छन् । हर्कले इन्जिनियरलाई पोलिसी बनाउन जान्दैनन भने । सबै भन्दा राम्रो पोलिसी बनाउने मान्छे मै हुँ पो भन्दा रहेछन् उनी त । यसरी एउटा विषय र ज्ञानको महत्वपूर्ण क्षेत्रलाई यति ठूलो आरोप लगाउने हर्कलाई इन्जिनियरहरुले देश नै हाँकेको पनि थाहा रहेनछ ।

देशको महान प्रगति र उन्नतिका कारण अमेरिकालाई समेत उछिन्ने देश चीनका राष्ट्रपति सि जिनपिङ, केमिकल इन्जिनियर हुन । चीनकै राष्ट्रपति हु जन्ताओ, जियाङ जेमिन पनि इन्जिनियर नै थिए । बिगत ३३ बर्षदखि चीनमा ईन्जिनियर राष्ट्रपती रहेका छन । अमेरिकि राज्य सतामा भने वकिल र व्यापारमा आबद्ध मानिस प्रायः राजनीतिको उच्चतहमा बसेर सफलताका साथ देशको सेवा गरे । गेहेन्द्र शमशेरले (१८७१—१९०६) दरवार हाइस्कुल पढेर जापान गई इन्जिनियरिङ पढे । उनी राणाकालका तेस्रो प्रधानमन्त्री थिए। उनलाई नेपाली पहिलो वैज्ञानिक पनि भनिन्छ । उनैको पालामा नेपालमा नै हतियार र गाडी बनाउन सकिन्छ भनेर उनीलागि परे । ३५ वर्षमात्र जीवित रहेका शमशेर पोलिसी मेकर होइनन र हर्कजी ? अनि आफूचाहिँ महान अरु सबै फुच्चा ? केही नजान्ने भन्न कसरी सकेको हो ? अति गरेपछि खति हुन्छ । राम्रो काम गरेकामा कसैको विरोध हुँदैन तर आफू मात्र असल अरु सब कमसल भन्न त मिलेन नि ।

हर्क प्रचार प्रसार र आफ्नो प्रशंसा गरेको खूब मन पराउँदा रहेछन् । उनले ब्लास्ट पत्रिकाले मेरा बारेमा केही लेखेन भनेर गनगन गर्दै थिए । त्यति मात्र होइन इन्जिनियरले राजनीतिमा आउने होइन पो भने त अचम्म । के राजनीति गर्न हर्कको अनुमति लिनु पर्ने हो ? हुन त बालेनको रिसले बालेनलाई हर्कले भनेका हुन । तर कसैलाई पनि तथानाम भन्न पाइन्न । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाध स्वतन्त्रहरुले निर्वाचनमा जित्तैमा आकास खस्दैन तर सब पार्टी र नेता खराब र खत्तम अनि स्वतन्त्रचाहिँ उत्तम भन्ने जुन भ्रम फिँजाइएको छ । त्यो भने सरासर खराब हो भन्नुभएको छ । अहिले हेर्दा एक आपसमा यति छिटै स्वतन्त्रहरु दन्तबजान गर्न थालेका छन् । रवि लामिछानेको लगानी भएको ग्यालेक्सी टेलिभिजनको उग्र विरोध हर्कले गर्दै थिए । ससाना विषयमा लाप्पा खेल्न खोज्ने स्वतन्त्र जनप्रतिनिधिलाई अलिदिन पर्खेर हेर्दा यिनको चुरीफुरी अरु स्पष्ट हुन्छ । यही पाराले एक समय चर्चाको शिखरमा रहेका द्वारिकलाल चौधरी अहिले बेपत्ता छन । राम्रो मान्छे सकश हुँदा राम्रो पो हुनुपर्छ । धेरै उम्लिनु हुन्न पोखिन्छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले इन्जिनियर लगायत सबै सित दोस्ती कायम गरेर राम्रो काम गरिरहेका छन् । यसबाट सिक्दा हुन्छ । इन्जिनियर भएकाले नै बालेनले काठमाडाँैका घरको भुई तला गाडी पार्किङ, नीति नियम बनाएर काम गर्नुपर्छ भने । खोलका किनारमा उत्पादित बिजुली, बर्खामा पाइपबाट पानी त आउँछ तर यसको प्रशोधन र भण्डारण गर्नु पर्दैन हर्कजी ?

यस बीचमा एफएम, टेलिभिजन र सामाजिक सन्जालमा हर्कको काम भन्दा चर्चा भएको पाइयो । भाइरल भएको हेर्दा अचम्म नै लाग्ने खालको प्रचार रहेछ । हर्क आफैँले पनि यस्ता प्रचावाजीको सन्जाल नै तयार पारेको पनि थाहा भयो । केही दिन खूव प्रचारवाजीमा रहे पनि पछि अस्ताउने हो भने के भन्नु र ? राम्रा काम सधैँ गरे त जाती नै हो तर कामभन्दा बढी प्रचार भएपछि हर्क हौसिएको बालीनाली जस्तै हुन बेर छैन । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले हर्क राज राईलाई सोझा, सिदा सादा होलान्, उनी काँचो चाँदी जस्तै होलान् भनेको छापिएको सिक्का जस्ता पो रहेछन् भन्नुभयो । यसको सही व्याख्या त ओलीले नै दिनुहोला तर मेरा विचारमा उहाँले जुन बिम्बात्मक भाषा प्रयोग गर्नुभएको छ त्यो यस्तो छ भनेर अथ्र्याए ।

अमेरिकालाई समेत उछिन्ने देश चीनका राष्ट्रपति सि जिनपिङ, केमिकल इन्जिनियर हुन । चीनकै राष्ट्रपति हु जन्ताओ, जियाङ जेमिन पनि इन्जिनियर नै थिए । बिगत ३३ बर्षदखि चीनमा ईन्जिनियर राष्ट्रपती रहेका छन । अमेरिकि राज्य सतामा भने वकिल र व्यापारमा आबद्ध मानिस प्रायः राजनीतिको उच्चतहमा बसेर सफलताका साथ देशको सेवा गरे । गेहेन्द्र शमशेरले (१८७१-१९०६) दरवार हाइस्कुल पढेर जापान गई इन्जिनियरिङ पढे । उनी राणाकालका तेस्रो प्रधानमन्त्री थिए। उनलाई नेपाली पहिलो वैज्ञानिक पनि भनिन्छ । उनैको पालामा नेपालमा नै हतियार र गाडी बनाउन सकिन्छ भनेर उनीलागि परे । ३५ वर्षमात्र जीवित रहेका शमशेर पोलिसी मेकर होइनन र हर्कजी ? अनि आफूचाहिँ महान अरु सबै फुच्चा ? केही नजान्ने भन्न कसरी सकेको हो ?

 

धरानकी पूर्व उपप्रमुख मन्जु भण्डारीको फेक फर्जी फेसबुक प्रयोग गरेर चरम जातिवादी,उग्रउत्तेजक विध्वंशक दुष्प्रचार हर्कमार्फत् गराएको कुरा बाहिर आयो । मन्जूले नै साइबर मुद्दा हर्कका विरुद्ध हालिन् । यतिमात्र होइन उनी एमाले विरुद्ध चरम आग्रह राख्दा रहेछन् भन्ने पनि बैठकमा हर्कको प्रस्तुतिबाट थाहा भयो । हर्क साङपाङ आफू २० हजार मतले विजयी भएको तर वार्ड अध्यक्ष तीन हजार मतले मात्र जितेको त हो नि भनेर खुला धमास दिँदै थिए । अर्थात् उनी आफू नै सर्वेसर्वा भन्दै थिए । अर्को हर्कले धरानमा पुष्पकमल दाहाललाई नै किन आमन्त्रण गरे भन्दा यसमा कतै धर्मको कनेक्सन त छैैन भनेर शंका गर्ने पर्याप्त ठाउँ छ । किनभने धरानमा प्रमुख र उपप्रमुखमा जस्तो खालको संयुक्त रुपमा विजय भएको छ । त्यसको रहस्य खुल्दै जाला तर अहिले भन्नु हतार होला, परिणामले नै देखाउनेछ । किनभने धरान मानव धर्मको बिगबिगी नै छ ।

लाखौँ मानिसको नजरमा पर्ने मानिस धेरै होसियार हुनुपर्छ । संघ, प्रदेश र स्थानीयतहको निकाय प्रमुख भएपछि धेरै होस पुर्याउनु पर्छ । यस्ता व्यक्ति, व्यक्ति कम सार्वजनिक बढी हुन्छन् । घरगाउँमा अलिअलि खुकुलो व्यवहार गरे पनि शिक्षक र प्राध्यापक भएपछि पेसाका कारण धेरै कुरामा होसियार भएर चल्नु पर्छ । यस्तो होस विचार पहिलेदेखि निर्वाह गर्दा मात्र सिक्न सकिन्छ । राजनीति पनि पढेर क्लास चढेजस्तै हो । तलतल नपढी एकैचोटि नगर प्रमुख र मन्त्री हुँदा अलमल्ल परिन्छ । वार्ड सदस्य र अध्यक्ष भएर कामको अनुभव पाएको भए त्यसका आधारमा काम गर्न सजिलो हुन्थ्यो । कामले न काम सिकिन्छ । एक्कै चाटि टुप्पामा टुक्रुक्क बसेर जानेको केही छैन अनिगाली मात्र गरेर बस्यो भैगो ।

धरानका नगर प्रमुख हर्क साङपाङमा धेरै कुराको अनुभव नभएको देखिँदैछ । उनले इन्जिनियरहरु शुद्ध प्रावधिक हुन् पोलिसी बनाउन जान्दैनन् भनेछन । हुनत उनी अहिले काठमाडौँ महानगर पालिकाका प्रमुख बालेनसित नचाहिादो टक्कर लिन खोजे जस्तो देखिन्छ । हुँदाहुँदा हर्कले आफू भन्दा भिजिनरी मान्छे कोही नै छैन पो भन्न थालेछन । यस्ता कुरालाई आफैं मपाईंत्व र घमण्डी स्वभाव भन्छन । अरुले राम्रो असल भनेको पो राम्रो त । आफैँले आफूलाई अस्सल त सबैले भन्छन् । कागले पनि आफू नराम्रो छु भन्ला र ?

एक जनाले हजारौँ लाखौ समुदायलाई अभियानमा सञ्चालन गर्नु पर्छ । आफू एक्लै खटेर र ढुङ्गा बोकेर मात्र हुन्छ ? स्वतन्त्र जनप्रतिनिधि नागरिकताका बारेमा के भन्छन् त ? नेपालको सार्वभौमसत्ता र स्वाधीनताका बारेमा के भन्छन् त । राम्रा कामभन्दा यस्तै अन्टसन्ठ काम गर्दा पो खूब प्रचार प्रसार हुँदो रहेछ । हर्क दुई दिनको हर्क बढाई जस्तो नहोस् ।

(लेखक सिभिलइन्जिनियर हुन।)