जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार १८:५६

केपी ओलीको निर्वाचन क्षेत्रमा माओवादी रित्तिने क्रम जारी, एमाले भित्रिए चर्चित नेता राजबंशी


झापा, भदौ १७ । नेकपा माओवादी केन्द्रका चर्चित नेता बिद्यानन्द राजवंसीसहित सयौं नेता–कार्यकर्ता सो पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा ५ का स्थायी बासिन्दा राजबंशी आज ओलीकै हातबाट खादा र माला लगाएर एमाले भित्रनु भएको हो ।

गौरीगन्जमा आज आयोजित बृहत पार्टी प्रबेशको कार्यक्रममा ओलीले राजबंशीसहिचतका नेताहरुलाई स्वागत गर्नुभयो । राजबंसी आफ्नो पालिकामा निकै लोकपिय हुनहुन्छ । उहाँ माओवादीको १ नम्बर प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।