सुनसरी, भदौ १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिपक्षीसँग कडा रुपमा प्रस्तुत हुन पार्टीका नेता कर्याकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले गड्यौला जस्तो नभई सर्प बन्न पनि निर्देशन दिनुभयो ।
‘विरोधीविरुद्ध छुनासाथ लल्याकलुलुक हुने गड्यौला जस्तो होइन, सर्पजस्तो बन्नोस,’ अध्यक्ष ओलीले भन्नुभयो । आज सुनसरीको दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका विरोधीविरुद्ध छुनासाथ लल्याकलुलुक हुने गड्यौंलाजस्तो नभई सर्पजस्तो डस्ने बन्न निर्देशन दिनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्