जनता टाइम्स

२० भाद्र २०७९, सोमबार १३:१७

कञ्चनपुरबाट पनि प्रचण्डलाई झट्का, बुहारी बिना पर्ने भइन् अलपत्र


काठमाडौं, २० भदौ । कञ्चनपुरबाट पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलै झट्का लागेको छ । गठबन्धनको भर पर्नुभएका प्रचण्डलाई स्थानीय काँग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेपछि यस्तो झट्का लागेको हो ।

कञ्चनपुर काँग्रेसले एक्लै चुनाव लड्ने मात्र होइन् गठबन्धन भइ हालेपनि बिनालाई भने नछाड्ने निर्णय गरेकाले प्रचण्ड थप चिन्तामा पर्नुभएको छ । कञ्चनपुर क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समितिले गठबन्धन नगरेर कांग्रेस एक्लै चुनावमा जाने निर्णय गरेको हो।

‘यहाँ हामी सांगठनिक रुपले बलियो छौँ, यसलाई स्थानीय तहको निर्वाचनले पनि पुष्टि गरिसकेको छ,’ कांग्रेस क्षेत्रिय सभापति गोपी उपाध्यायले भन्नुभयो, ‘त्यसैले ०७४ मा एउटा पनि पालिका नजितेको अवस्थामा एक्लै लड्यौँ, अहिले २ पालिका जित्दा किन गठबन्धन गर्नुप¥यो।’

निर्वाचन क्षेत्र नम्बरमा १ मा गठबन्धनको कुनै औचित्य र आवश्यकता नभएको उनको भनाइ छ। यो संविधान सभा सदस्य तथा कांग्रेस नेता दिवान सिंह बिष्ट चुनाव लड्दै आउनु भएको क्षेत्र हो । यसपटक पनि उहाँ यस क्षेत्रबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिसमा परिसक्नु भएको छ ।

यसै क्षेत्रबाट प्रतिनिधित्व गर्दै आउनु भएका बिष्ट २०७४ को चुनावमा प्रचण्डकी बुहारी मगरसँग पराजित हुनुभएको थियो । वामगठबन्धनबाग उम्मेदवार बनेकी मगरले बिष्टलाई १९ हजार बढी मतले पराजित गरेकी थिइन् । तर स्थानीय निर्वाचनमा भने गठबन्धन नभई लड्दा काँग्रेसले राम्रो पर्दशन गरेको थियो ।