जनता टाइम्स

२१ भाद्र २०७९, मंगलवार १७:०२

ग्रिनल्यान्ड र किङडम फाइनलमा


काठमाडौं, २१ भदौ । ग्रिनल्यान्ड र किङडम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्यो।

ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १३ अंक योगदान गरे । साङबुको ३१ अंक सहयोगमा किङडमले लोयल्टीलाई ४८–३२ ले हरायो । सिनियर गर्ल्सको उपाधिका लागि भ्याली पब्लिक र एचएचसीए भिड्ने भएका छन् ।

भ्याली पब्लिकले पृथ्वीमाथि २१–६ को सहज जित दर्ता गर्यो । भ्याली पब्लिककी मुस्कान गुरुङले ८ स्कोर गरिन् । एचएचसीएले ग्रिनल्यान्डलाई १९–१० ले पन्छायो । एचएचसीएका लागि रेश्मा तामाङले ७ अंक जोडिन् । फाइनल भोली हुनेछ ।