काठमाडौं, २२ भदौ । बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछोने बारे अहिले वजारमा विभिन्न अडकलावाजी हुन थालेको छ । पीडितले काठमाडौंस्थित गौशाला प्रहरी वृतमा गएर सन्दीपविरुद्ध अनेक अड्कलवाजी हुन थालेको हो ।
सन्दीप अहिले केन्याविरुद्धको सिरिजका लागि जमैकामा छन् । घटना उनी केन्या जानुअघिको अर्थात भदौ ५ गतेको हो । उनी विदेश भएकाले प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन। उनी स्वदेश आउनासाथ विमानबाट आए विमानस्थलबाटै वा कुनै स्थल मार्गबाट आए नाकाबाटै पक्राउ पर्न सक्नेछन् । उनले कसैगरे पनि यो अपराधबाट उन्मुक्ति पाउन सक्ने छैनन् ।
उनी नेपाल नआई विदेशै बसे प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहायता लिनु पर्नेछ । उनले स्वदेश वा विदेशमा लुकेरै बसे भने ती वर्षपछि प्रहरीले फाइल अदालतमा बुझाउनेछ । किनभने मुलुकी अपराध संहिताअनुसार नावालिक बलात्कारमा तीन वर्षको हदम्याद तोकिएको छ । तीन वर्षपछि प्रहरीले अदालतमा फाइल बुझाएपछि सन्दीपले अदालतमै उपस्थित भएर बाँकी कानुनी प्रकृया झेल्नु पर्नेछ । लुकेरै तीन वर्षए कटाए प्रहरी हिरासतमा बस्नु भने पर्ने छैन अन्य अदालती प्रकृया भने जहिल्यै उनले झेल्नै पर्छ, केही गरी उन्मुक्ति पाउने छैनन् ।
यता पीडितको जाहेरपिछि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले अहिले होस्टल नजिक भनिएको स्थान, नगरकोट र पिंगालास्थानमा उनीहरु गएको स्थानको क्लोज सर्किट ९सीसी० क्यामरा फुटेज संकलन गर्न थालेको छ ।
लामिछाने र पीडित भनिएकी किशोरी गएका बेला कार्यरत कर्मचारीसँग पनि प्रहरीले बयान लिनेछ । प्राविधिक पक्षको विश्लेषणबाट उनीहरुबीच त्यसबेला टेलिफोन कुराकानी भएको थियो थिएन भन्ने पनि प्रहरी निकाल्नेछ ।
उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत कुराकानी हुने गरेको पीडितको भनाइ छ । स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।
प्रहरीले तत्काल फेला पर्ने प्रमाणका आधारमा लामिछानेविरुद्ध अदालतबाट पक्राउ अनुमति लिने तयारी गरेको छ । त्यसपछि अनुसन्धानको थप प्रक्रिया अघि बढ्नेछ ।













प्रतिक्रिया दिनुहोस्