जनता टाइम्स

२३ भाद्र २०७९, बिहीबार १८:४३

एक्लिएकी बिना मगरले काँग्रेसको साथ पनि नपाउने !


कञ्चनपुर, २३ भदौ । वर्षैसंगै काम गरेका कार्यकर्ताले धमाधम नेकपा (एमाले) रोज्न थालेपछि प्रचण्डकी बुहारी तथा नेकपा (माओवादी केन्द्र) की नेता बिना मगर लगभग एक्लिनु भएको छ ।

उहाँ साविककै निर्वाचन क्षेत्र कञ्चनपुर –१ बाट चुनाव लड्न कस्सिनु भएकी उहाँलाई काँग्रेसको पनि साथ नहुने प्रष्ट पारिसकेको छ । एमालेसँग गठबन्धन हुदा १९ हजार बढी मतले जित्नु भएकी उनी अहिले भने एक्लिनु भएको छ ।

सवोच्च अदालतले माओवादी एमाले ब्यूताइ दिएपछि धेरैजसो पहिले माओवादीमै रहेका कार्यकर्ताले एमाले रोज्नुभएको थियो । त्यसपछि पनि लगातार माओवादी कार्यकर्ताको एमाले प्रवेश गर्ने क्रम जारी छ ।

माओवादीको बलियो पकड रहेको क्षेत्र भनिएको बेलडाँडीका मोहन गिरी, कल्पना गिरीलगायतका नेता पछिल्लो पटक माओवादी छाडेर एमाले प्रवेश गर्नुभएको छ । यसको केहीअघि बेलौरीका माओवादी कार्यकर्ता यज्ञ कँडेल, बलदेव बुडाल, राधाकृष्ण जोशी, रामबहादुर गुरुङलगायत ठूलो संख्याका कार्यकर्ताल माओवादी छाडेर एमाले प्रवेश गर्नु भएको थियो ।

यसपटक पनि कञ्चनपुर –१ मा माओवादीको सशक्त दावी छ । बिना मगरकै लागि दावी गरिएको यो क्षेत्रमा उहाँको हालत भने २०७० सालकोजस्तो हुने देखिएको छ ।

नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले गठबन्धन नगरेर एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ। यहाँबाट कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षका लागि दिवान विष्टको एकल नाम सिफारिस समेत गरेको छ।

२०७० को संविधान सभा चुनावमा मगर कांग्रेसका विष्टसँग पराजित हुनुभएको थियो । ०७४ मा भने मगरले उनै कांग्रेसका विष्टलाई पराजित गर्नुभएको थियो ।