काठमाडौं, २४ भदौ । आफूलाई संसदीय लोकतन्त्रको हिमायती बताउने वर्तमान गठबन्धन सरकारले चालु अधिवेशन अन्त्यको घोषणा नै नगरी अघि बढ्ने तयारी गरेको छ । एमालेको सशस्त्र विरोधका कारण प्रतिनिधिसभाको आयु बढाउनबाट पछि हट्नु परेपछि सरकार र सभामुख संसदीय प्रचलनलाई कुल्न उद्दत भएका हुन् ।
प्रतिनिधिसभाको आयु अब १० दिन मात्र बाँकी छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ ।
सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै छलफल गरेको छैन । सरकारले सभामुखलाई अहिलेसम्म यसबारे जानकारी नगराएपछि संसद् सचिवालयले चालु अधिवेशनमा भएगरेका कामको विवरण तयार नगरेको स्रोतले बतायो ।
अधिवेशन अन्त्य हुने दिन सभामुखले चालु अधिवेशनमा भए गरेका कामको विवरण सुनाउने प्रचलन छ ।













प्रतिक्रिया दिनुहोस्