काठमाडौं, २५ भदौ । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले अहंकार देखाएको बताउनुभएको छ । शनिबार बिराटनगर बिमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘प्रचण्डको आदेशमा राष्टपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा गर्छन् ।’
सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको बताउनु हुँदै उहाँले यो विधेयक फिर्ता लिएर ‘जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन्’ भनेर संशोधन ल्याउन आग्रह गर्नुभयो । राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधृयक जस्ताको तस्तै पारित गरेर सत्तापक्षले उदण्डता देखाएको बताउनुभयो ।
अध्यक्ष ओली भन्नुभयो, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’













प्रतिक्रिया दिनुहोस्