काठमाडौं, २६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निर्धारित समयभन्दा पाँच मिनेट अघि नै बयान दिन सिंहदरबार पुग्नुभएको छ । आइतबार मध्यान्ह साढे १२ बजेदेखि सुरु हुने भनिएको उनीसँगको बयान २० मिनेट ढिलो गरी सुरु भएको छ।
चोलेन्द्र बयानका लागि पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुग्नुभएको थियो । समितिले आज बाँबी सबै ३२ प्रश्न सोध्ने बरु पुरक वा प्रतिप्रश्न नगर्ने तयारी गरेको बताइएको छ । चोलेन्द्रले यसअघिका तीनवटा बैठकमा जम्मा ११ वटा प्रश्नको जवाफ दिइसक्नु भएको छ ।
संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।
संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग ? पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन । संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ। संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन।













प्रतिक्रिया दिनुहोस्