एजेन्सी, २६ भदौ । हवेली खड़गपुर प्रहरी चौकी अन्तर्गतको इलाकामा एक नाबालिग छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । नाबालिगकी आमाले हवेली खड़गपुर प्रहरी चौकीमा निवेदन दिएर उजुरी दिएकी छिन् ।
घरमा नहुँदा श्रीमानले चकले दिएर, नयाँ लुगा दिएर वा घुमफिर गराएर फकाउँदै बलात्कार गर्ने गरेको पीडितकी आमाले निवेदनमा बताएकी छन् । छोरीले पहिले पनि बुबाको करतुतका बारेमा जानकारी गराएकी थिइन् ।
श्रीमानलाई पटक–पटक संझाई बुझाई गरे पनि मान्न तयार नभएको महिलाले बताइन् । बालिकाले विरोध गर्दा अभियुक्तले कुटपिट गर्दथे । विगतमा पनि श्रीमानले छोरीलाई दुई पटक औषधी खुवाएर गर्भपतन गराएको उनले बताइन् । मुद्दा दर्तापछि खड़गपुर प्रहरीले आरोपित बाबुलाई पक्राउ गरेको छ ।
पीडितकी आमाको निवेदनमा मुद्दा दर्ता गरिएको प्रहरी थाना नीरज कुमारले बताए । अभियुक्त बाबुलाई सोधपुछपछि जेल पठाइएको छ । बालिकाको सदर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाको निन्दा गर्दै स्थानीयले प्रशासनसँग कडा कारबाही गर्न माग गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्