वीरगञ्ज, २६ भदौ । बिबाहको ९ वर्षसम्म सन्तान नभएपछि आईभिएफ प्रविधिबाट राखिएको गर्भबाट बिहीबार तिम्ल्याहा छोरा जन्मिएपछि चौधरी दम्पति खुसी भएका छन् । पसौगढी नपा–९ की ललिता देवी थरुनीले एकैपटक तिम्ल्याहा जन्माएकी छन् ।
वीरगञ्जस्थित प्रभ अस्पतालले शल्यक्रिया गरेर ललिताको गर्भबाट तीन छोरालाई निकालेको हो । १० वर्षअघि बृजकुमार चौधरीसँग बिबाह वन्धनमा बाँधिएकी ललिताको धेरै वर्षसम्म बच्चा नभएपछि आइभिएफ प्रविधि मार्फत गर्भधारण गर्ने निश्चय गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्