जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार १४:५८

चोलेन्द्रको बयानले रंथनीयका अर्यालले यस्तो लेखे स्टाटस


काठमाडौं, २७ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्ध लाग्नेहरूको पोल खोल्ने क्रममा अधिवक्ता ओमप्रसाद अर्यालको पनि पोल खोलेपछि रंथनिनु भएको छ । आफ्नो भित्री कुरा चोलेन्द्र चोलेन्द्रले बयानका क्रममा सार्वजनिक गरिदिनु भएपछि रंथनिनु भएका अर्यालले ट्वीटरमा स्टाटस लेखेर विरोध जनाउनु भएको छ ।

जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले सोधेको प्रश्नको जवाफ दिने क्रममा आइतबार नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालको नाम लिंदै श्रीमतीलाई न्यायधीश बनाउन दवाव दिएको बताउनु भएको थियो । जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अधिवक्ता अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन गरेको सिफारिस आफूले इन्कार गरेपछि अर्याल आफूमाथि सम्पति शुद्धिकरणको रिट हालेको बताउनुभएको थियो ।

जबराले भन्नुभएको थियो ‘बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा पुनदेवी महर्जनलाई दुईचोटी सिफारिस गर्नुभयो । मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ,’ जबराले आइतबार आफ्नो बयानमा भन्नुभएको थियो ।

त्यसको जवाफमा ट्वीटरमा स्टाटस लेख्दै अर्यालले जबराको आफप्रति लक्षित बयान चरित्रहत्या गर्ने किसिमको, प्रतिसोध साँध्ने खालको र झूठो भएको दावी गर्नुभएको छ । उहाँ स्टाटस यस्तो छ : –