काठमाडौं, २८ भदौ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद दिएकामा केही माननीयले नै मिडियालाई उल्टो जानकारी दिएको बताउनु भएको छ ।
केही मिडियामा समितिकै केही सदस्यले सर्वोच्च अदालतको भवन निर्माणमा ओली र पौडेलको नाम मुछेको भनेर समाचार संप्रेशण भएकाले उल्टो भ्रम परेको थियो ।
आजको बैठकको सुरुमै समिति सदस्यले सर्वोच्चको भवन निर्माणमा के भएको हो ? भनि प्रश्न गरेपछि जबराले ‘जग्गा उपलब्ध गराएर तत्कालिन प्रधानमन्त्रीले सहयोग गर्नुभयो र बजेट उपलब्ध गराएर तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले सहयोग गर्नुभयो’ भन्नुभयो ।
यसरी उल्टो समाचार संप्रेषण भएपछि भने समितिले प्रवक्ता तोकेको छ । प्रवक्तामा समितिकै सचिव रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्