काठमाडौं, २९ भदौ । निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा नाम मुछेका न्यायाधीशलाई महाअभियोग सिफारिस समितिले छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले सोधेका प्रश्नमा जवाफ दिने क्रममा केही पूर्व र केही वर्तमान सर्वोच्चका न्यायाधीशको नाम मुछेका थिए ।
कामु प्रधानान्यायाधीश दीपक कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमणि भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुयाँललाई समितिले बोलाएको हो।
महाभियोग लागेर निलम्बिनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा उनीहरुलाई पनि विभिन्न आरोप लगाएपछि समितिले त्यस विषयमा छलफल गर्ने भएको हो।
यस्तै बिहीबार दिउँसो १ बजे पूर्व प्रधानन्यायाधीशहरुलाई पनि समितिले बोलाउने निर्णय गरेको छ।
बिहीबार नै दिउँसो ३ बजे सर्वोच्च बार र नेपाल बारका पदाधिकारीसहित चोलेन्द्रले आरोप लगाएका वकिलहरुलाई बोलाउने निर्णय भएको सभापति विष्टले जानकारी दिए।













प्रतिक्रिया दिनुहोस्