काठमाडौं, २९ भदौ । निलम्वत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘भाग खोजे’ ‘दवाव दिएको’ जस्ता आरोपको पुष्टि गर्न पूर्वन्यायाधीशहरूले चुनौती दिएका छन् ।
बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै पूर्वन्यायाधीश फोरमले विज्ञप्ति निकालेर चोलेन्द्रप्रति खेद व्यक्त गरेका छन् ।
फोरमले निलम्बित प्रधानन्यायाधीश राणाले पूर्वन्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको बयानप्रति आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ।’














प्रतिक्रिया दिनुहोस्