एजेन्सी, ३० भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सांघाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरुको प्रमुखहरुको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नुहुनेछ । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले आज भन्नुभयो । रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनुहुने भएको हो ।
सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि सहभागी हुँनुहुनेछ । ‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्’ अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भन्नुभएको छ । कोभिड–१९ महामारीको दुई वर्षपछि सम्मेलन उज्वेकिस्तानको समरकन्दमा आजदेखि सुरु हुँदैछ । एससीओ धेरै सफल भएको छ ।
यो विभिन्न संयन्त्रहरु र विभिन्न ट्रयाकहरूमा व्यापक सहयोगको साथ स्थापित संस्था हो । एससीओ संगठनअन्तर्गत सयौं संयन्त्रहरु काम गर्दछ, राजनीतिक मामिला र सुरक्षासँग सम्बन्धित मामिलाहरूमा मात्र होइन, तर मुख्य रूपमा आर्थिक क्षेत्रमा व्यापारमा र सदस्य देशका जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने गरेको रुसी राजदूतले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्