जनता टाइम्स

३० भाद्र २०७९, बिहीबार १९:४१

यसरी भेटियो गायब भएको टुकुचा खोला, भयो भाइरल


काठमाडौं, ३० भदौ । गायब भएको टुकुचा खोला काठमाडौं महानगरपालिकाले भेटाएको छ । आज महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला भेटिएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खनन्को माग गर्दै आएका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको छ ।