जनता टाइम्स

३ आश्विन २०७९, सोमबार ०७:३९

राष्ट्रपतिलाई पिपिएलएको आग्रह–नागरिकता बिद्येयकबिरुद्ध पकेट भिटो प्रयोग गर्नुहोस (विज्ञप्तीसहित)


काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विचाराधिन रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का सम्बन्धमा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले गंभिर ध्यानाकर्षण भएको बताएको छ । संविधान दिवसको अवशरमा एक विज्ञप्ती जारी गर्दै उक्त संगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

राष्ट्रपतिले पुर्नविचारको लागी सदनमा फिर्ता पठाएपछि यसमा सदस्यहरुलाई संशोधनको मौका दिएर संशोधन उपर छलफल गरेर मात्र प्रस्तुत रुपमा वा संशोधन सहित फिर्ता गर्नु पर्नेमा सो प्रक्रिया पुरा नगरी हुबहु रुपमा विधेयक पारित गरिएको हुँदा सो कार्यले संविधान र कानूनको गंभीर उल्लंघन भएको अध्यक्ष भोजराज आचार्यद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ।

यस्तो विधेयक प्रमाणिकरण नगर्न अर्थात पकेट भिटोको प्रयोग गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरिएको छ । अमेरिका लगाएत विभिन्न देशमा राष्ट्रपतिले पटक–पटक पकेट भिटोको प्रयोग गर्ने गरेको नजिर रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।