जनता टाइम्स

३ आश्विन २०७९, सोमबार २३:१२

निर्वाचन आयोगले गर्यो ६ वटा महानगरबाटै १५ करोड ६० लाख जरिवाना, यी हुन जरिवानामा पर्ने २०८ उम्मेद्वार


काठमाडौं, असोज ३ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर आज नाम सार्वजनिक गरेको हो।

आयोगले आयोगले महानगरपालिका प्रमुख तथा उपप्रमुख बनेका २०८ लाई जनही सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका २१८ जनालाई जनही ५ लाख ५० हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका ३७५६ लाई ४ लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार बनेका ४१९६ लाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गर्दा पनि अटेर गरेपछि जरिवाना गरिएको आयोगले जनाएको छ। आयोगले महानगरपालिकामा उम्मेदवार बनेका २ सय ८ जनाबाटै १५ करोड ६० लाख रुपैया जरिवाना गरेको हो । यसरी जरिवानामा पर्नेमा ६ वटै महानगरपालिकाका निर्वाचित प्रमुख र उपप्रमुख परेका छन ।