जनता टाइम्स

४ आश्विन २०७९, मंगलवार १०:४६

शंकरको जीत सुनिश्चित देखेपछि महराको ‘वाकओभर’


दाङ, असोज ४ । नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले दाङ क्षेत्र नं २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कसैले हराउन नसक्ने निश्कर्ष सुनाउनु भएको छ ।

महराले पोखरेलको जीत सुनिश्चित रहेको भन्दै आफू समानुपातिकमा बसेरपोखरेलको जीत सुनिश्चित रहेको सार्वजनिक स्वीकारोक्ति गर्नुभएको हो । पोखरेलसँग गठबन्धन गर्दासमेत पराजय निश्चित भएपछि महराले समानुपातिकको सहज यात्रा रोज्नुभएको छ ।

दाङको क्षेत्र नं १ र २ तथा रोल्पाबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका उपाध्यक्ष महरा समानुपातिक सूचीमा बस्नुभएको हो । महरा दाङको क्षेत्र नं २ मा गठबन्धनबाट समेत सर्वसम्मत छानिनु भएको थियो ।

सोमबार निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा खस आर्य समुदायबाट महरा एक नम्बर रहनुभएको छ । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्न नसकिने र रोल्पामा अरु नेताहरुलाई छाड्नपरेकाले उहाँले समानुपातिकको सहज बाटो रोजेको माओवादी नेताहरुकै भनाइ छ ।

‘जुनसुकै गठबन्धन बनाए पनि शंकर पोखरेललाई कसैले हराउन सक्दैन, हार्ने चुनाव किन लडने भन्ने महरा सरको निश्कर्ष रह्यो, त्यसैले उहाँ दाङ क्षेत्र नम्बर २ माउम्मेदवार नबन्ने निर्णयमा पुग्नुभएको हो,’ महरा निकट एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार एमाले महासचिव पोखरेलसँग प्रतिस्पर्धा गर्दा दोब्बर मतले हार्ने महराको निश्कर्ष छ ।