जनता टाइम्स

४ आश्विन २०७९, मंगलवार १७:५१

सिंगो टीमसहित राप्रपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमाले प्रवेश


काठमाडौं, असोज ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका छन ।

आफ्नो साथमा रहेका जिल्लाका दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले शाहीसहितका नवप्रवेसी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । प्रवेस कार्यक्रममा नेकपा एमाले दैलेखका अधिकांश नेताहरु सहभागी थिए ।