काठमाडौं, ६ असोज । नेपाली पत्रकारहरूको साझा र स्वतन्त्र छाता संगठनको चरित्र बोक्नु पर्ने पत्रकार महासंघ गठबन्धन सरकारको सबैभन्दा तल्लोस्तरको भातृसंगठन बनेको छ । गठबन्धन आवद्ध राजनीतिक दल र तीनका अन्य भातृसंगठनले पनि नगरेको काम र चरित्र देखाएर महासंघले आफ्नो साझा छवि धुलीसात बनाएको हो ।
नेपाल पत्रकार महासंघको लेटरप्याड दुरुपयोग गर्दै विज्ञप्ति जारी गरेर महासंघले सम्मानीय राष्ट्रपतिको राजीनामा माग्दै महासंघले आफ्नो साझा चरित्रलाई कलंकित बनाएको छ । महासंघको जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको उल्लंघन भएको भन्दै विधिको शासनमाथि प्रहार भएको ठहर गरेको’ उल्लेख छ ।
महासंघले भनेको छ, ‘जनताका प्रतिनिधिको सर्वोच्च संस्था संघीय संसदले बनाएका विधेयक वा अन्य कानूनहरू सही वा गलत भनेर टिप्पणी गर्ने अधिकार आमनागरिकलाई भएपनि विधिको शासनलाई पालना गर्नु राष्ट्रपतिदेखि आमनागरिकसम्म सबैको जिम्मेवारी हुन्छ । संविधानमाथि प्रहार भएको यो अवस्थाको दीर्घकालीन समाधानका लागि राष्ट्रपतिले निकास दिनुपर्ने मत महासंघको छ’
सत्तारुढ पाँच दलीय गठबन्धनमा पनि राष्ट्रपतिको कदमविरुद्ध मतभेद भएकाले चार दलले मात्र विरोध जनाएका छन् । यसअघि राष्ट्रपतिले सन्दैशसहित नागरिकता विधेयक संसदमा फिर्ता पठाउँदा राष्ट्रपतिको गरिमा र उहाँले राष्ट्रप्रति राख्नु भएको चासो बारे ‘चूँ’ सम्म नबोलेको महासंघले अहिले भने राष्ट्रपतिलाई राजीनामाको सूझाव दिन तदारुकता देखाएको हो ।
महासंघको यस्तो चरित्र र व्यवहार बारे प्रेस चौतारी नेपाललगायतका संगठनले भने कडा प्रतिक्रिया जनाउने भएका छन् ।













प्रतिक्रिया दिनुहोस्