जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १९:०१

डोटीको निर्णयले काँग्रेसमा हंगामा– गठबन्धन नमान्ने (माइन्युटसहित)


काठमाडौं, ११ भदौ । नेपाली काँग्रेस डोटीको निर्णयले यतिखेर नेपाली काँग्रेसमा हलचल मच्चिएको छ । डोटी काँग्रेसले निर्णय नै गरेर गठबन्धन नमान्ने यदी जवर्जस्ती गरिए भोट नहाल्ने संदेश दिएको छ ।

मंगलबार बसेको नौ वटै पालिकाका कांग्रेस नेतृत्वको बैठकले जिल्लामा गठबन्धन नगर्न केन्द्रीय कार्यसमितिलाई दबाव दिने निर्णय गरेको छ। साथै जिल्लाको सुझाव बिना पार्टीले गठबन्धन गरेमा चुनाव प्रसार प्रसार नगर्ने र भोट पनि नहाल्ने कांग्रेसका पालिका समितिको संयुक्त बैठकले निर्णय गरेको छ।

‘डोटी कांग्रेसको मर्मबिना केन्द्रीय कमिटी गएमा चुनाव प्रचार प्रसार र मतदान गर्ने कार्यमा पनि डोटी कांग्रेस नरहेको साथै डोटीका नौ वटै तहका पार्टी सभापति तथा प्रतिनिधिहरुको एक मत भएको हुँदा डोटी कांग्रेस गठबन्धनका विरुद्धमा रही केन्द्रीय नेतृत्वलाई दबाव सिर्जना गर्ने सर्वसम्मत निर्णय गरियो’ सो निर्णय पुस्तिकामा भनिएको छ।