काठमाडौं, १७ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बिहानैबाट छलफलमा जुटेका छन् ।
बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको एक बालुवाटार स्रोतले जनाएको छ । सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ ।













प्रतिक्रिया दिनुहोस्