काठमाडौं, १८ असोज । दिनभरी बालुवाटारमा बैठक बसेर पनि सत्तारुढ गठबन्धनले सिट बाँडफाँड टुंगो लगाउन सकेनन् । आजको बैठकमा भोली दसैंको टिकाको दिन फेरि बस्ने सहमति भएको छ ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजलार्ई तय गरेको छ।
त्यो भन्दा अगाडि सहमति नगर्दा समस्या पर्ने भएकाले टीकाकै दिन बुधबार पनि बैठकमा जुट्न लागेको एक नेताले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० मध्ये गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले बागलुङ र प्युठान प्रतिनिधि सभा र प्रदेश सभामा अर्घाखाँची र बागलुङ पाउने सहमति जुटिसकेको बताइएको छ ।
तर अन्य चार दलको सहमति भएको छैन । केही प्रदेशमा सहमति नहुँदा रोकिएको नेताहरू बताउँनुभएको छ । २० साउनमा सिट बाँडफाटँबारे सहमतिको मस्यौदा तयार पार्न ११ सदस्यीय कार्यदल बनाएर छलफल र मत विश्लेषण भएको थियो ।
सोही दिनदेखिको कहिले कार्यदल त कहिले शिर्ष नेताको बैठक लगातार बालुवाटारमा बसिरहेको छ । आज दसैंको महानवमीको दिन पनि नेताहरू दिनभरी नै सोही विषयमा केन्द्रीत भएर केन्द्रित भए र अन्त्यमा भोली विजयादशमीको दिन फेरि बैठक बस्ने भएको छ ।













प्रतिक्रिया दिनुहोस्