सिन्धुली, असोज २३ । जिल्लाबाट लगातार चुनाव जित्दै आउनु भएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेल यसपटक टिकट नै गुमाउनु परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजुरेलमाथि बदला लिँदै टिक खोसेपछि उहाँ सिन्धुली–२ बाट जिल्लाबाट आउट हुनुपरेको हो । प्रचण्डले यसपटक जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने निर्णय लिनुभएको छ ।
दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताउनु भएको छ । गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आउनु भऐको थियो । नेकपाकालिन संघर्षमा प्रचण्डसँग फरक मत राखेको कारण अन्तिम समयमा गजुरेलको टिकट खोसेर बदला लिनुभएको हो । माओवादी सचिवालय स्रोतका अनुसार प्रचण्डले गजुरेललाई अव कुनै थप जिम्मेवारी नदिने निर्णय लिइसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्