जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १९:२८

कैलाली ४ मा कांग्रेसका बलायरसंग एमालेका भट्टको टक्कर


धनगढी, २३ असोज । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका बलायरले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

बलायर नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँग प्रतिस्पर्धा गर्नु हुनेछ । बलायरलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको समर्थन छ ।