जनता टाइम्स

२४ आश्विन २०७९, सोमबार ०९:१५

निरु पाललाई सहज जीत निकाल्ने अवसर, रमेश लेखकबिरुद्ध कांग्रेसकै तीन नेता बने बागी उम्मेद्वार


महेन्द्रनगर, असोज २४ । कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्ध ३ जनाले बागी उम्मेदवारी दिएका छन् ।

लामो समय पार्टीमा काम गरिसकेका नेताहरू चुनावको मुखमा स्वतन्त्र भएर चुनावी मैदानमा होमिएपछि कांग्रेसलाई धक्का लागेको छ । लेखकबिरुद्ध आइतवार ३ नम्बर क्षेत्रमा प्रतिनिधिसभाका लागि कांग्रेस महाधिवेशन प्रतिनिधि दिपक सिंह र महाधिवेशन प्रतिनिधि शारदा चन्दले उम्मेदवारी दिनुभएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार तथा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले प्रदेशसभा निर्वाचन क्षेत्र ३क बाट उम्मेदवारी दिनुभएको छ । कञ्चनपुर ३ मा नेकपा एमालेबाट चर्चित नेतृ निरुदेवी पाल उम्मेदवार हुनुहुन्छ । कांग्रेसभित्रको यो तहको असन्तुष्टिसँगै पालले सहज जीत निकाल्ने सो क्षेत्रका मतदाताको बिश्वास देखिएको छ ।

एकीकृत समाजवादी पार्टी परित्याग गरेर नेता लोकविक्रम थापाले प्रदेशसभा क्षेत्र ३ १ बाट उम्मेदवारी दिनुभएको छ ।