काठमाडौं, असोज २५ । नेकपा एमालेले सांसदको उम्मेदवार नबनाएकोमा असन्तुष्ट नायिका पार्टी भने नछाडने प्रतिवद्धता जनाउनु भएको छ । मानन्धर गत चैतमा एमाले प्रवेश गर्नुभएकी अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउनु भएको थियो ।
सांसद नबने पनि एमालेमै रहने मानन्धरले बताउनु भएको छ । ‘डिजर्भिङ पिपुलहरु ल्याइनुपर्छ भन्ने हो, तर पाँच वर्ष एमालेमै रहन्छु’, मानन्धरले सवैमा अपिल गर्दै भन्नुभएको छ ।
उहाँले सबै क्षेत्रलाई पहुँच दिने पार्टी एमाले भएपनि आफूले त्यो अवसर नपाएकोमा गुनासो मात्रै गरेको प्रष्ट पार्नुभयो । ‘सबै क्षेत्र र ठाउँलाई समान पहुँच दिने पार्टी भनेको त एमाले हो । तर म त्यो पहुँच भन्दा माथिको रहेछु के । मैले त्यसरी बुझें’, मानन्धरले भन्नुभयो ।
उहाँले आफू कपी शर्मा ओली मन पराउने मान्छे भएको र एमाले नै सवैको साझा दल रहेको पनि बताउनु भयो । ‘म केपी शर्मा ओलीलाई माया गर्ने मान्छे हुँ, मेरो चित्त दुखाइ छ । दशलाई अगाडि लैजान एमाले र केपी शर्मा ओली भन्दा अर्को कुनै पार्टी छैन र अर्को कुनै नेता छैन,’ मानन्धरले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्