लमजुङ, असोज २५ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ आमनेसामने हुनुभएको छ ।

माओवादी नेता देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोज्नुभएको छ । ०७४ को निर्वाचनमा उहा यहीँबाट एमालेसँगको गठबन्धनमा विजयी हुनुभएको थियो । त्यतिबेला एमाले–माओवादी गठबन्धनको साझा उमेदवारको रूपमा प्रतिस्पर्धा गर्नुभएका उहाँले पृथ्वीसुब्बाकै मेहनतमा सानदार मतले चुनाव जित्नुभयो । जन्मथलो मनाङका देवले लमजुङबाट पुनः चुनावमा उत्रनुभएको हो ।
एमाले उपमहासचिव पृथ्वीसुब्बाको गढ मानिने लमजुङमा उहाँ प्रदेशमै उठने चर्चापछि देवले लमजुङ रोज्नुभए पनि एमालेबाट पृथ्वीसुब्बा नै उम्मेदवार बनेपछि निरास बन्नुभएको छ । ०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारको संस्थापक मुख्यमन्त्री बनेर दर्जनौं राम्रा कामका थालनी थर्नुभएका पुथ्वीसुब्बाले पूरा कार्यकाल काम गर्न पाउनुभएन । साढे तीन वर्ष नबित्दै उहाँले सरकार छाडनु पर्यो ।

यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बनेर पुनः प्रदेश हाँक्ने उहाँको योजना थियो । तर पार्टीले उहाँलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको छ । देव गुरुङलाई कांग्रेसको भर हो । कांग्रेसका मतदाताले उहाँलाई कतिको साथ दिन्छन्, त्यो हेर्न चुनावसम्मै कुर्नुपर्छ ।













प्रतिक्रिया दिनुहोस्