सर्लाही, २५ असोज । सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गर्नुभयो ।
तर, गठबन्धनको साझा उम्मेदवारले मनोनयन दर्ता गरे पनि माओवादीका शिवपुजन राय यादवले आफ्नी छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाउनुभएको छ ।
जसले गठबन्धन आवद्ध दलमा आशंका उत्पन्न गराएको छ । गठबन्धनको साझा उम्मेदवार रायलाई सघाउने गरी मधुमालाको उम्मेदवारी फिर्ता नभए माओवादीको उम्मेदवारलाई कांग्रेसका नेता कार्यकर्ताले भोट नदिने गरी मधेश प्रदेशमा तयारी थालिएको श्रोतले बताएको छ ।
सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा कांग्रेसका नागेन्द्रकुमार रायको उम्मेदवारी दर्ता भएको छ भने ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गर्नुभएको छ ।
तर, गठबन्धनका साझा उम्मेदवारको ‘बागी’को रुपमा शिवपुजनले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाउनु भएको सर्लाहीका कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ ।













प्रतिक्रिया दिनुहोस्